मिरिकमा हर्षोल्लासको साथमा छठपुजा पालन

मिरिक : मिरिकमा छठव्रतधारीहरूले आज बिहान छठ माताको पुजा अर्चना गरेर उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पुजाको समापन गर्यो। आज बिहान छठव्रतधारीहरूले हर्ष उल्लासको साथमा मिरिक झील परिसरको छठ घाटमा पुजा अर्चना गर्नको साथै उदाउँदो सूर्यलाई पानी, दुध आदि चढाएर सुख, शान्ति अनि दिर्घायुको कामना पनि गरे। बिहान छठ मैयाको पुजा समापन भएपछि छठव्रतधारीहरूले एका-अर्कालाई शुभेच्छा शुभकामना प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *