मिरिकमा जोड़तोड़को साथमा छठ पुजाको तयारी

मिरिक : मिरिकमा छठ पुजाको तयारी धुमधामसित चलिरहेको छ। विशेष गरेर बिहारी समुदायका मानिसहरूले वर्षेनी मिरिक झीलको होम डाँडा किनारमा भव्यताको साथमा आस्थाको महान पर्व छठ पुजा गर्दै आइरहेको छ। यसै क्रममा यस वर्ष पनि यहाँ छठ पुजाको तयारी जोडतोडले भइरहेको छ। हिजोदेखि छठ मैयाको व्रत शुरू भए तापनि आज साँझ अस्ताउँदै गरेको सूर्यलाई छठ व्रतधारीहरूले अर्घ्य दिइने गरिन्छ। यसैगरी भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पुजाको समापन गर्ने गरिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *