मिरिकमा कन्याश्री योजनाको आठौं वर्षगाँठ पालन

मिरिक: पश्चिम बङ्गालमा तृणमूल कङ्ग्रेस राज्य सत्तामा आएपछि राज्यवासीको निम्ति मुख्यमन्त्री ममता ब्यानर्जीले धेरै योजना लागू गरेर राज्यवासीलाई सुयोग सुविधा उपलब्ध गराउँदै आइरहेको छ। यसै क्रममा विश्वभरिमा नै चर्चित कन्याश्री योजना पनि लागू गरेर युवतीहरूको शिक्षा तथा उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। उक्त कन्याश्री योजना शुरू भएको आठौं वर्षगाँठ आज मिरिक खण्ड कार्यालयको सम्मेलन कक्षमा विविध कार्यक्रमको साथमा पालन गरियो।


अतिथिहरू नगरप्रशासक एलबी राई, महकुमा शासक, खण्ड विकास अधिकारी आदिको उपस्थितिमा निजस्व, भावना-प्रस्तुति एवम् अन्तर्राष्ट्रिय स्वीकृति प्राप्त कन्याश्री योजनाको आठौं वर्षगाँठ पालन गर्दै शपथ ग्रहण पनि गरियो। यस अवसरमा मिरिक अन्तर्गत विभिन्न उच्चतर माध्यमिक स्कूलका युवती विद्यार्थीहरूलाई  सम्मान पत्रले सम्मानित गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *