मिरिकमा खाद्य मेलाको आयोजना

मिरिक (निसं): मिरिक ड्रिवल एकाडेमी अनि नेहरू युवा केन्द्र दार्जिलिङको सहयोगमा शनिवार मिरिकमा खाद्य मेलाको आयोजना गऱ्यो। मेलाको उद्घाटन ड्रिवल एकाडेमीका अध्यक्ष एनके तामाङले रिवन काटेर गरे। जातीय खाद्यबारे युवाहरूलाई जानकारी गराउने उद्देश्यले उक्त मेलाको आयोजना गरिएको ड्रिवल सचिव निर्मल सिङ्गरले जानकारी गराए। यस अवसरमा नानीहरूलाई पौष्टिक आहारको महत्वबारे पनि जानकारी गराइयो। उद्घाटन कार्यक्रममा नेहरू युवा केन्द्रका संयोजक महेन्द्र थीङले पनि कार्यक्रमको उद्देश्य र नेहरू युवा केन्द्रको कार्यहरूबारे विस्तृत रूपमा जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *