मिरिकमा खम्बु राई सांस्कृतिक संस्थान-द्वारा उधौँली पुजा पालन

मिरिक : खम्बु राई सांस्कृतिक संस्थान मिरिक क्षेत्र समितिको पहलमा आज सार्वजनिक किरातेश्वर मन्दिरमा साधारण रूपले उधौँली पुजा अर्थात् साकेला पर्व पालन गर्यो। वर्तमान कोभिड 19-ले उत्पन्न गरेको समस्यालाई ध्यानमा राख्दै साधारण रूपले उधौँली पुजा माङ्गपा (पुजारी)-हरूको पारम्परिक  मन्त्रोच्चारणको साथमा सम्पन्न गरियो। क्षेत्र समिति महासचिव दीपराज राईले सम्पूर्ण राई साम्प्रदायका मानिसहरू लगायत गोर्खा जातिलाई साकेला पर्वको शुभकामना दिँदै कोभिड 19-को प्रकोपको कारण वृहत रूपमा साकेला पर्व पालन नगरिएको बताए। तिनले वर्ष 2020-मा विश्वभरिकै मानिसहरू कोरोना भाइरसको चपेटमा परेर ठुलो समस्यामा पर्नको साथै लाखौँ मानिसहरूले ज्यान समेत गुमाएको जनाए।


अब नयाँ वर्ष 2021-मा विश्वका मानिसहरूमा कुनै विपत्ति नआओस् भन्दै साकेला पुजामा सुख, समृद्धि अनि विश्व शान्तिको निम्ति माङ्गपाहरूले पुजा अर्चना गरेर पारुहाङ सुम्निमालाई आशिर्वाद मागेको बताए। पश्चिम बङ्गाल खम्बु राई विकास सांस्कृतिक बोर्डका चेयरम्यान एवम् मिरिक क्षेत्र समिति महासचिव दीपराज राई, क्षेत्र समिति अध्यक्ष क्याप्टन राज कुमार राई, क्षेत्र समिति सहसचिव एलएम राई, भाष्करल राई, द्रविण राई, सीके साम्पाङ,  मधुकर राई, शिशिर राई,  सचेन राई,  प्रविण राई अनि अनुप राई आदि क्षेत्र समिति सदस्यहरूको नेतृत्वमा सम्पन्न साकेला पर्वमा मिरिक क्षेत्र समिति अन्तर्गत 73 वटा शाखा कमिटीका प्रतिनिधिहरूले सहभागी जनाएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *