मिरिकमा नशामुक्त ऱ्यालीको आयोजना

मिरिक: मिरिक युथ एसोसिएशन, महेन्द्र गाउँले लेट्स गो जीरो वेस्ट म्यानेजमेन्ट र दृष्टि अर्गानाइजेशनको साथमा एण्टी ड्रग्स ऱ्यालीको आयोजन गऱ्यो। एशोसिएसनका अध्यक्ष अमन राईले दिएको जानकारी अनुसार विशेष यहाँका युवा जमातलाई कुलत तथा नशालु ड्रग्सदेखि मुक्त गराउने उद्देश्यलाई लिएर यहाँको ड्याम परिसरदेखि कृष्णनगरसम्म चेतना अभिवृद्धिको साथमा ऱ्यालीको आयोजन गरियो। ऱ्यालीको नेतृत्व एशोसिएसनका अध्यक्ष अमन राई, सचिव अशोक घले अनि जीरो वेस्ट म्यानेजमेन्ट अध्यक्ष राकेश ढकालले गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *