मिरिकमा नव मगर एशोसिएसनको सभा

मिरिक : नव मगर एशोसिएसन मिरिकले पश्चिम बङ्गाल मगर विकास बोर्डका चेयरम्यान नवीन थापाको मुख्य आतिथ्यमा भूतपूर्व गोर्खा सैनिक भवनमा एउटा सभा सम्पन्न गर्यो। सभामा बोर्ड सदस्य रचित थापा लगायत मिरिक शाखा अनि सौरेनी शाखाका प्रतिनिधिहरू उपस्थित थिए। विशिष्ट अथितिमा हिल तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राई लगायत मिरिक क्षेत्रका मगरहरू उपस्थित थिए। सभामा मगर विकास बोर्डद्वारा गरिँदै आइरहेको विकास र सेवा सुविधामाथि प्रकाश पारे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *