मिरिकमा निकालिइयो फुलपाती शोभायात्रा

मिरिक : नेपालीहरूको महान पर्व विजय दशमीको तीन दिन अघि आज सप्तमीको दिन मिरिकमा पनि फुलपाती शोभायात्रा सामान्य रूपमा निकालिइयो।  मिरिक महकुमा सूचना अनि संस्कृति विभाग, जीटीएको पहलमा अनि सहमेन्दु देवीस्थान मिरिक व्यवस्थापन समितिको सहयोगमा उक्त फुलपाती शोभायात्रा निकालिइएको थियो।


उक्त शोभायात्रा मिरिकको सहमेन्दु देवीस्थानबाट नौमती बाजागाजाको साथमा शुरू गरेर इन्द्रेणी पुल हुँदै मिरिक बजार पुगेर कृष्णनगरको परिक्रमा पछि पुनः देवीस्थानमा समापन गरियो। कोरोना महामारीको कारणले गर्दा गत वर्षहरूभन्दा यस वर्षको फुलपाती शोभायात्रा सरकारी निर्देशअनुसार सामान्य रूपमा पालन गरिएको आयोजक समितिले जनाएको छ। यसको साथै यहाँको देवीस्थानमा माता दुर्गाको नौ दिवसीय पुजा लगातार चलिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *