मिरिकमा निःशुल्क ब्याडमिन्टन प्रशिक्षण शिविर शुरू

मिरिक : मिरिकमा निःशुल्क ब्याडमिन्टन प्रशिक्षण शिविर आजदेखि शुरू भएको छ। ब्याडमिन्टन क्लब मिरिकको पहलमा उक्त प्रशिक्षण शिविर शुरू गरिएको हो। मिरिकको कृष्णनगर स्थित अडिटोरियमको ब्याडमिन्टन कोर्टमा आजदेखि उक्त प्रशिक्षण शिविर शुरू भएको क्लबका सचिव दीप छिरिङले बताए।


ब्याडमिन्टनप्रति नानीहरूलाई प्रोत्साहन गर्न अनि तिनीहरूलाई उचित मार्गदर्शन गर्ने उद्देश्य लिएर ब्याडमिन्टन प्रशिक्षण शिविरको आयोजना गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *