मिरिकमा नि:शुल्क मधुमेह जाँच शिविर

मिरिक (निसं): हिमालयन गुड न्यूज नेटवर्किङ मिनिस्ट्रीको आयोजनामा मिरिकको वुडल्याण्ड स्कुल छेउ आज नि:शुल्क मधुमेह (डाइबेटिज) रोगको जाँच शिविर सम्पन्न भयो। उक्त शिविरमा यस क्षेत्रका धेरै मानिसहरूले मधुमेह रोगको जाँच गराए। मधुमेह रोगीहरूको जाँच डा. सर्वन कुमार शर्माले गरेपछि उपचारको लागि तिनीहरूलाई उचित सल्लाह दिए। तिनले मधुमेह रोगलाई हल्कामा लिन नहुने जानकारी गराउँदै समयमा नै ध्यान पुऱ्याएर यसबारे सुरक्षित बस्न उचित रहेको बताए। तिनले नियमित जाँच, शारीरिक कसरत गरेर खान-पानमा ध्यान दिए यस रोगबाट सुरक्षित बस्न सकिने जानकारी गराए। यसैगरी, हिमालयन गुड न्यूज नेटवर्किङ मिनिस्ट्री मिरिकका संयोजक रेभरेन एन जोसुवा शर्माले आफ्नै ठाँउमा रोगीहरूलाई चिकित्सा सेवा प्रदान गर्ने उद्देश्य लिएर उक्त शिविरको आयोजना गरिएको जानकारी गराउँदै यसभन्दा अघि पनि हिमालयन गुड न्यूज नेटवर्किङ मिनिस्ट्रीले यस्ता धेरै समाजिक कार्यहरू गरिसकेको जानकारी गराए। तिनले यस प्रकारको जाँच शिविर भोली शनिबार डुवर्समा पनि गरिने जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *