मिरिकमा निःशुल्क स्वास्थ्य जाँच शिविर

मिरिक : मिरिक बजारको व्यवसाय भवनमा आज निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भइरहेको छ। मिरिक बजारको सक्रिय गैर-सरकारी संस्था पारिजात सङ्घ वार्ड नम्बर एकले उक्त निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजन गरेको हो। निःशुल्क स्वास्थ्य जाँच शिविरमा नर्थ बेङ्गल मेडिका नर्सिङ होमबाट जेनरल फिजिसियन अनि कर्करोग विशेषज्ञले स्वस्थ्य जाँच गरे। शिविर बिहान दस बजेदेखि शुरू भएर अपरान्ह चार बजीसम्म चल्नेछ। हालसम्म धेरैजना रोगीहरूले स्वस्थ्य जाँच गराइसकेको छ भने शिविरमा बेलुकीसम्म मोठ सयभन्दा अधिकले स्वस्थ्य जाँच गराउने आशा सोचिएको छ। शिविरमा मखमली समाज देउँसे डाँडा वार्ड नम्बर चार अनि अल युथ एसोसिएसन मिरिकले स्वयं सेवकको रुपमा सहयोग पुऱ्याइरहेको छ। यस अवसरमा आयोजक पारिजात सङ्घकी संस्थापक श्रीमती पुनम विश्व अनि मखमली समाजकी हेमा लामाले निःशुल्क स्वास्थ्य जाँचको आवश्यकतामाथि प्रकाश पारिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *