मिरिकमा पक्का सडक निर्माण कार्यको शिलान्यास

मिरिक : गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन अन्तर्गत मिरिक इन्जिनियरिङ विभागद्वारा आज सुमेरु ग्राम समाजदेखि झील गाउँसम्म जाने पक्का सडकको विधिवत् रूपमा शिलान्यास गरियो। मोठ 44 लाख 76 हजार 619 रुपियाँको लागतमा उक्त सडक मार्ग निर्माण गरिने भएको छ। उक्त सडक निर्माण भएपछि स्थानीय मानिसहरूले दीर्घकालीनको सडकको समस्याबाट मुक्ति पाउनेछन्। शिलान्यास कार्यक्रममा एमईडी-का अभियन्ताहरू लगायत स्थानीय मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *