मिरिकमा पानीले चारैतिर आंशिक क्षय क्षति भएको तर ठूलो जन-धनको नोक्सान भएको छैन:  एलबी राई

मिरिक: निरन्तर परिरहेको पानीले मिरिकमा ठूलो जन-धनको नोक्सान नभएको तर चौतर्फी आंशिक क्षय क्षति भएको नगरप्रशासक एलबी राईले बताए। तिनले आफू स्वयं गाउँको निरीक्षणमा गएर क्षय-क्षतिको निरीक्षण गरिरहेको बताउँदै एउटा रिपोर्ट नै तयार गरिरहेको बताए। ईश्वरको कृपादृष्टिले मिरिकमा हालसम्म ठूलो प्राकृतिक क्षयक्षति हुन नसकेको तिनले बताए। तिनले खण्ड विकास कार्यालय अघिल्तिर पैह्रो झरेर सडक बाधित गरे पनि यथासिघ्र सडकमार्गलाई सुचारू गरिएको पनि बताए। तिनले डिजास्टर म्यानेजमेन्ट विभागको जिम्मेवारी जीटीएमाथि रहेको अनि जीटीए अहिले प्रिन्सिपल सेक्रेटेरीको अधिनमा रहेकोले यथासिघ्र पैह्रोबाट उत्पन्न समस्या समाधानको निम्ति प्रिन्सिपल सेक्रेटेरीसित वार्तालाप गरेर अग्रिम पहल गरिने पनि बताए । नगर प्रशासक राईले अहिले मिरिक नगरपालिकाको नौवटा वार्डमा केन्द्रीय योजना अन्तर्गत नयाँ घर निर्माणको प्रक्रिया शुरू गरिएको पनि बताए। तिनले पहिलो र दोस्रो चरणको घर निर्माण सिद्धिएर तेस्रो र चौथो चरणको घर निर्माण प्रक्रिया आरम्भ भइरहेको बताए। जीओ ट्याक धमाधम भइरहेको बताउँदै चरणवद्ध भवन निर्माण हुने अनि कसैले मेरो घर बनिँदैन भनेर सुर्ता गर्न नपर्ने पनि बताए। तिनले मिरिकमा पर्यटकहरूको आगमनमा वृद्धि हुन थालेको बताउँदै कोभिड 19 को प्रकोपलाई ध्यानमा राख्दै जिल्ला प्रशासनले पर्यटकहरूको आगमनलाई विशेष नजर राख्नु पर्नेबारे जोड दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *