मिरिकमा पर्यटकहरूको आगमन शुरू

मिरिक : अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा आज मिरिकको मौसम सफा र घमाइलो बनिएकोले मिरिक पर्यटन केन्द्रमा केही पर्यटकहरू देखापर्यो। मिरिक पर्यटनको प्रमुख आकर्षण फुलबारीमा बिहार, सिलगढी लगायत विभिन्न क्षेत्रका पर्यटकहरूले घमाइलो अनि शीतल मौसमको लुफ्त उठाइरहेको देखियो। पहाडको पर्यटनलाई खुल्ला गरिएकोले मिरिकमा पर्यटकहरूको विस्तारै आगमन शुरू भएको छ। मिरिकको (सावित्री पुष्पोद्यान) फुलबारीको गेट पनि खुल्ला गरिएको छ। साता दिनदेखि अधिक वर्षा भए तापनि आज पानी रोकिएर दिन घमाइलो बनेको छ। आज विश्व पर्यटन दिवसको अवसरमा पर्यटकहरूले घमाइलो दिनको लुप्त उठाउँदै मिरिकको सावित्री पुष्पोद्यान (फुलबारी)-मा घुमफिर गरिहेको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *