मिरिकमा रक्तदान शिविर गरिने

मिरिक: दार्जिलिङ रेड क्रस सोसाइटी मिरिक शाखाले यहाँको युवा आवास केन्द्र (युथ होस्टेल ) को प्रेक्षागृहमा आउँदो १८ सेप्टेम्बर रक्तदान शिविरको आयोजना गरिने भएको छ । मिरिकमा गठन गरिएको रेड क्रस सोसाइटीका सचिव विमल लेप्चाले यसबारे जानकारी दिएका छन्। मिरिकका चिया उद्योगका पूर्व प्रबन्धक एवं पर्यावरणविद् एलबी देवानको सक्रियतामा रेड क्रस सोसाइटीले मिरिकमा संस्थागत हुने अवसर पाएको बताउँदै सबैलाई रक्तदान गरेर असहायहरुको सहायता गरिदिने आग्रह गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *