मिरिकमा राष्ट्रिय मतदाता दिवस पालन

मिरिक : मिरिक महकुमा शासक कार्यालयमा आज 12औँ राष्ट्रिय मतदाता दिवस पालन गरियो। नयाँ मतदाता अनि बीएलओ-हरूलाई सहभागी गराएर पालन गरिएको राष्ट्रिय मतदाता दिवस कार्यक्रममा मिरिक महकुमा शासक सुदीप्त देवनाथ, मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमणी उपस्थित थिए। श्रीमती अम्बिका थापाले सञ्चालन गरेको कार्यक्रममा मिरिक महकुमा शासक सुदीप्त देवनाथले राष्ट्रिय मतदाता दिवसको महत्त्वबारे विस्तृत रूपमा जानकारी गराउँदै लोकतान्त्रिक देशमा मतदाताहरूको महत्वपूर्ण भूमिकाबारे प्रकाश पारे। तिनले मतदान गर्दा ध्यान दिनुपर्ने कुरोमा जोर दिँदै मतदाताहरूको देशको सरकार गठनमा अहम भूमिका रहने बताए। तिनले चुनाउ प्रक्रियाबारे पनि विस्तृत जानकारी गराए। कार्यक्रममा मतदाताहरूले शपथ पनि ग्रहण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *