मिरिकमा राष्ट्रिय पूर्वोत्तर टाइम्स-को महत्त्वपूर्ण सभा

मिरिक : दार्जिलिङ पहाडको सम्पूर्ण इलेक्ट्रोनिक, प्रिन्ट अनि सोशल मीडियालाई एउट‌ै मञ्चमा ल्याउने उद्देश्य लिएर राखेर तयार गरिएको राष्ट्रिय पूर्वोत्तर टाइम्सको महत्त्वपूर्ण सभा आज मिरिकस्थित एउटा होटेलको प्रेक्षगृहमा सम्पन्न भयो। अरुण रामुदामुको अध्यक्षतामा सम्पन्न सभामा आचार्य शुभ मित्रनन मुख्य अतिथिको रूपमा उपस्थित थिए भने दार्जिलिङ पहाडका वरिष्ठ समाजसेवी दधिराम घिमिरे, पत्रकार मनोहर शर्मा, युवा सचेतक आदित्य प्रधान, पूर्वोत्तर टाइम्सका प्रमुख सम्पादक राहुल गुप्त उपस्थित थिए। युवा पत्रकार रोजेश थापाद्वारा सञ्चालित सभामा पत्रकारिताको उद्देश्य अनि पत्रकारहरूको धर्म तथा कर्तव्यबारे प्रकाश पारियो भने पूर्वोत्तर टाइम्सले सम्पूर्ण मीडियालाई एकै मञ्चमा ल्याई संयुक्त रूपमा कार्य गर्ने तथा सबै युवाहरूलाई सहभागी गराइ मीडिया क्षेत्रमा करियर बनाउने एवम् रोजगार दिलाउने प्रतिबद्धता व्यक्त गरियो। सभामा पूर्वोत्तर टाइम्सलाई राष्ट्रियस्तरीय बनाउने उद्देश्य राखेर एउटा सम्पादन मण्डली तयार गरियो। जसमा चेयरमेन अनि प्रबन्ध निर्देशक दधिराम घिमिरेमूल सचिव राहुल गुप्त, कोषाध्यक्ष सुबोध  सिन्चौरी, राष्ट्रिय मुख्य प्रबन्धक निर्देशक जुना घिमिरे, सिक्किम राज्य प्रभारी देबी दुराल, राष्ट्रिय मुख्य सम्पादक मनोहर शर्मा, राष्ट्रिय डेपुटी सचिव आदित्य प्रधान, दार्जिलिङ जिल्ला प्रभारी दीप मिलन प्रधान, मिरिक महकुमा प्रभारी रोजेश थापालाई चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *