मिरिकमा रुखहरू काटेको विषयमा खरसाङका विधायक बीपी बजगाइँले खरसाङ डीएफओ-लाई चढाए ज्ञापन

खरसाङ : मिरिकको सौरेनी चियाबारीमा व्यापक रूपमा रुखहरू काटिएको विषयमा खरसाङका विधायक बीपी बजगाइँले आज खरसाङको डाउहिलस्थिति डीएफओ कार्यालयमा पुगेर ज्ञापन पत्र दिएका छन्। सौरेनी चियाबारीमा कम्पनीले व्यापक मात्रामा रुखहरू काटिएको विषयमा यसलाई झट्टै रोक्नु पर्ने र यसको अनुमति पत्रलाई रद्द गरिनु पर्ने माग गर्दै डीएफओ आईएफएस डा. हरिकृष्णन पीजेलाई ज्ञापन दिएका छन् । खरसाङका भाजपा विधायक बीपी बजगाइँले ज्ञापन दिन जाँदा डीएफओ-को अनुपस्थितिमा अन्य अधिकारीलाई ज्ञापन सुम्पेर यस विषयमा फोनमा सम्पर्क गरेको बताएका छन् । डीएफओ-लाई ज्ञापन दिएपछि बाहिर आएर विधायक बीपी बजगाइँले पत्रकारहरूसित कुराकानी गर्दै आफु मिरिक गएको समय गत 21 अप्रेलको दिन फर्किँदा सौरेनी चियाबारीमा व्यापक रूपमा रुखहरू काटिएको विषयमा निरीक्षण गरी यसलाई रोक्न पर्ने विषयमा तत्कालै सौरेनीको बगान प्रबन्धकसित भेट्न पुगेको र पुगेर यस विषयमा चर्चा परिचर्चा गरेको जानकारी गराए।


विधायक बजगाइँले त्यसै सन्द्रर्भमा आज खरसाङको डाउहिलस्थित डीएफओ कार्यालयमा आएर डीएफओ-लाई विभिन्न मागमा ज्ञापन दिएको बताएका छन्। तिनले डीएफओ-लाई दिएको ज्ञापनमा तीनवटा मुख्य कुराहरू समावेस गरेको बताउँदै आफुले सम्पर्क गरे अनुसार डीएफओले दिएको वचन पूरा गरेको नगरेको कुरा बुझ्दै त्यसमा रुख काट्न बन्द गर्ने र अनुमति रद्द गरियो कि गरिएको छैन त्यसको जानकारी लिन साथै अर्डरको जेरेक्स कपि बुझाउने माग गरेका छन्। त्यसरी नै वातावरणलाई वास्ता नगरी रुखहरू काट्ने अनुमति कसले दियो र ती काटिएका रुखहरू तलतिर गैर कानूनी रुपमा लगियो कि कता छ कारण ती सबै पहाड़को सम्पत्ति हुन् भनी माग गरेका छन्। त्यसरी नै ज्ञापनमा रुख काटेकोले वन विनाश भएको छ र वन विभागले असल प्रकारको विरूवाहरू दियोस् हामी स्थानीयहरूलाई भनेर पुन: सौरेनी क्षेत्रमा रुखका विरूवाहरू रोप्न लगाउने बताएका छन्। सौरेनी चियाबारीमा जसले रुखहरू काट्ने अनुमति दियो ती अधिकारीहरू पनि त्यतिकै दोषी हुने बताउँदै सौरेनीमा रुखहरू काट्ने दोषीहरूलाई कार्वाही गर्नलाई अघि बढ़ाएको हुनुपर्छ भनी माग गरिएको तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *