मिरिकमा समाज भवन नवीनिकरण कार्यको शिलान्यास

मिरिक (निसं): मिरिक नगरपालिका वार्ड नम्बर 4 अन्तर्गत यहाँको देउसी डाँडामा जन कल्याण संस्था समाज भवन नवीनीकरण कार्यको आज बिहीबार शिलान्यास गरियो। मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले स्थानीय मानिसहरूको उपस्थितिमा उक्त भवन निर्माण कार्यको विधिवत् शिलान्यास गरे। यस अवसरमा सभासद मिलेस राईले भने, कुनै पनि समाजको सर्वाङ्गिङ विकासमा समाज भवनको महत्वपूर्ण भूमिका रहेको हुन्छ। जीर्ण अवस्थामा पुगेको भवनको नवीनीकरण भएपछि कतिपय समाजिक कार्य गर्न धेरै नै सुविधा हुनेछ । तिनले क्षेत्रवासीको लागि अझ धेरै विकास कार्य गर्ने योजनाहरू तयार पारेको दावी गरे। अर्कोतिर, समाज भवन नविनीकरण गर्न पहल गरिदिएकोमा स्थानीय देउसी डाँडाका मानिसहरूले सभासद मिलेस राईप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *