मिरिकमा सार्वजनिक पुस्तकालय दिवस पालन

मिरिक (निसं): मिरिक नगर पुस्तकालयले मिरिक महकुमा क्षेत्रका तेह्रवटा पुस्तकालयलाई सहभागी गराई आज मिरिक भूतपूर्व सैनिक भवनमा सार्वजनिक पुस्तकालय दिवस पालन गर्यो। रविन्द्रनाथ उच्च माध्यमिक विद्यालयका भूतपूर्व प्रधान शिक्षक ग्यालबो लामाको अध्यक्षता अनि मिरिक नगर पुस्तकालय अधिकारी श्रीमती शीला गुरूङको सञ्चालनमा सम्पन्न कार्यक्रममा मिरिक महकुमा शासक सुदीप्त देवनाथ, मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमणी, भूतपूर्व प्रधान अध्यापक राजबहादुर राई, शिक्षक केसाङ लामा, शिक्षिका शीला लामा, मिरिक कलेज नेपाली विभागका प्रतिनिधि लगायत मिरिक महकुमाभरि रहेका पुस्तकालयका कर्मचारीहरू उपस्थित थिए। कार्यक्रममा पुस्तकालयको महत्त्वबारे वक्ताहरूले प्रकाश पारे भने मिरिक नगर पुस्तकालय अधिकारी श्रीमती शीला गुरूङले सार्वजनिक पुस्तकालय दिवसको महत्व अनि पुस्तकालयको वर्तमान आवस्थाबारे विस्तृत जानकारी गराइन्। उक्त कार्यक्रममै मिरिक नगर पुस्तकालयको तर्फबाट मिरिक कलेजका पुजा सुब्बा अनि प्रभात सुवेदीलाई उत्कृष्ट पाठक पुरस्कार प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *