मिरिक नगर अध्यक्ष एलबी राईद्वारा घरहरूको निरीक्षण

मिरिक: मिरिक नगर अध्यक्ष एलबी राईले आज वार्ड नम्बर दुईको स्थलगत निरीक्षण गरे। हाउस फर अल योजना अन्तर्गत नगर प्रशासनद्वारा प्रदान गरिएको घरहरू जो निर्माणाधिन अवस्था छन् अनि निर्माण भइसकेका छन् ती घरहरूको वस्तुस्थिति बुझ्न आफै स्थलगत निरीक्षण गर्दै नगर प्रशासक एलबी राई वार्ड नम्बर दुईमा पुगे । यस अवसरमा तिनलाई स्थानीय वार्ड पार्षद श्रीमती पुनम विश्वले साथ दिँदै हाल वार्ड नम्बर दुईको विभिन्न स्थानमा हाउस फर अल योजना अन्तर्गत निर्माण भइरहेका घरहरूको भ्रमण गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *