मिरिक नगरपालिका 1 नम्बर वार्डबाट युवाहरू गोजमुमो विनय खेमामा सामेल

मिरिक: मिरिक नगरपालिका वार्ड नम्बर 1 अन्तर्गत निज गाउँबाट तृणमूल काङ्ग्रेसका समर्थकहरू आज साँझ गोर्खा जनमुक्ति मोर्चाका महासचिव अनित थापाको उपस्थितिमा नयाँ सोच अनि नयाँ विचारलाई समर्थन गर्दै पार्टीमा सामेल भए। स्मरण रहोस, तृणमूलका नेता तथा मिरिक नगरपालिका अध्यक्ष एलबी राईले हालै चुनाउमा बिमल गुरुङलाई सघाउने घोषणा गरेपछि धेरैजनाले उक्त निर्णयको विरोध जनाउँदै आइरहेको छ। यसैको फलस्वरूप आज गोजमुमो पार्टीमा सामेल हुनेहरू यसको विरोधमा पार्टी त्यागेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *