मिरिक नगरपालिका चेयरम्यानको अजय एडवर्डसलाई खुल्ला चुनौती

मिरिक: हाम्रो पार्टी प्रमुख अजय एडवर्डले मिरिकस्थित ओकाइटी भ्रमण अवधि टीएमसी शासित मिरिक नगरपालिकामा खासै विकास कार्य नभएको आरोप लगाए पछि यसको मिरिक नगरपालिका चेयरम्यान एलबी राईले खन्डन गरेका छन्। अजय एडवर्डको चश्मा दोषी चश्मा रहेको तिनले बताए। हालै मिरिक भ्रमण अवधि अजय एडवर्डसले मिरिक नगरपालिकामा खासै विकास कार्य नभएको तथा यहाँ राणा शासन लागु भएको धारणा व्यक्त गरेका थिए। एडवर्डसको सोही मन्तव्यको खन्डन गर्दै आज पत्रकार सम्मेलन गरेर नगरपालिका चेयरम्यान एलबी राईले हाम्रो पार्टी प्रमुख अजय एडवर्डले मिरिकमा भएको विकास देख्नको निम्ति थप पावर भएको चस्मा लगाउनु पर्ने सुझाउ दिए। पाँच बर्ष अघिको मिरिक नगरपालिका अनि आजको मिरिकमा आकाश-पातलको फरक रहेको तिनले दावी गर्दै यसलाई एडवर्डसहरुले सर्वे गर्ने सल्लाह पनि दिएका छन्। तिनले अझ भने, मिरिक बाहिरबाट आएर यस्तो मन्तव्य दिनु ठिक होइन। यदि मिरिकवासीले यस्तो भनेको भए केही अर्थ लाग्थ्यो तर तिनले बाहिरबाट हेरेर यस्तो मनसाय राख्नु उचित होइन। गणतन्त्र सबैको लागि हो भन्दै चुनाउमा आएर अजय एडवर्डसले आफ्नो क्षमता देखाउन भन्ने एलबी राईले सोझै चुनौती दिएका छन्। गणतान्त्रिक देशमा जनताले चुनेको प्रतिनिधि नै सबै थोक हो, जसलाई जनताले बिश्वास गर्छ साथै ऊ नै सर्वोपरी हो, तिनले भने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *