मिरिक नगरपालिका क्षेत्रमा दैलोमा सरकार शिविर शुरू

मिरिक: पश्चिम बंगाल सरकारले शुरू गरेको द्वारे सरकार अथवा दैलोमा सरकार कार्यक्रम अन्तर्गत मिरिक नगरपालिका क्षेत्रमा पनि आजदेखि शिविर शुरू भयो। आज मिरिक नगरपालिका कार्यालयमा एउटा प्रेस भेलाको आयोजना गरेर मिरिक नगरपालिका अध्यक्ष एलबी राईले मिरिक नगरपालिका वार्ड नम्बर 3 4 र 5 को लागि मिरिक उच्च माध्यमिक विद्यालयमा शिविर राखिएको जानकारी दिए। शिविरमा यस क्षेत्रका अधिकांश मानिसहरू सहभागी बनेर शिविरको लाभ उठाए। उक्त ठाँउमा आगामी 22 दिसम्बर, 10 र 28 जनवरीको दिनमा पनि शिविरको आयोजना गरिने बताइएको छ।


यस अवसरमा मिरिक महकुमा शासक अनावील दत्त, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, मिरिक खण्ड विकास अधिकारी विप्लव कुमार रोय, मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमणी, मिरिक नगरपालिकाका बडीआमा ममता सुब्बा, मिरिक नगरपालिकाका नगर पार्षदहरू, नगरपालिकाका कर्मचारीहरू उपस्थित थिए। उक्त शिविरमा जनसाधारणलाई खाद्य साथी, स्वस्थ्य साथी, जनजाति प्रमाणपत्र, शिक्षाश्री, जय जौहार, तपशोली बन्धु, कन्याश्री, रूपाश्री, आकाश्री, मनरेगा, कृषक बन्धु योजनाहरुको जानकारी तथा यसबाट पाइने सुविधाबारे अवगत गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *