मिरिक नगरपालिका चुनाउ तृणमूल कङ्ग्रेसले जित्नेछ: एलबी राई

मिरिक: नगरपालिका चुनाउ मुखैमा रहेकोले हाल दार्जिलिङ पहाडको विभिन्न राजनैतिक पार्टीहरू चुनाउको निम्ति तयारी गर्न जुटेको देखिन्छ। यस्तो स्थितिमा गत मिरिक नगरपालिकाको चुनाउमा विजय हासिल गरेर नगरपालिका चुनाउ अध्यक्ष पदमा रहिआएको हिल तृणमूल कङ्ग्रेसका चेयरम्यान साथै मिरिक नगरपालिका अध्यक्ष एलबी राईले आउँदो मिरिक नगरपालिका चुनाउमा पनि आफुहरुले नै बोर्ड गठन गर्ने ठोकुवा गरेका छन्। मिरिक क्षेत्रमा आफुहरूले धेरै विकासमूलक कार्यहरू गरेको साथै बितेको समय मिरिक नगरपालिकाको विकासको निम्ति गरेका विविध योजना अनि कार्यहरुलाई हरेर पुन: यसपल्ट पनि मिरिकका नगरवासीहरुले हिल तृणमूल कङ्ग्रेस पार्टीलाई मिरिक नगरपालिका चुनाउमा विजय गराउने एलबी राई विश्वास व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *