मिरिक नगरपालिकामा स्वास्थ्य साथी कार्ड लिने मानिसहरूको घुइँचो

मिरिक : द्वारे सरकार शिविरमा स्वास्थ्य साथी फारम भरेपछि स्वास्थ्य साथी हेल्थ स्मार्ट कार्ड लिन नगरपालिकामा मानिसहरूको ओइरो लाग्न थालेको छ। आज स्वास्थ्य साथी हेल्थ स्मार्ट कार्ड लिन मानिसहरूलाई नगरपालिकामा बोलाइएको थियो। मिरिक नगरपालिका प्रशासनले नगर क्षेत्रका नागरिकहरूलाई जतिसक्दो छिटो स्वास्थ्य साथी हेल्थ कार्ड उपलब्ध गराउने लक्ष्य राखिएको नगरपालिका अध्यक्ष एलबी राईले जानकारी दिएका छन्। तिनले बताएअनुसार नगरपालिका क्षेत्रको कुनै पनि नागरिक स्वास्थ्य साथी योजनाबाट वञ्चित हुने छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *