मिरिक निरपानीमा दमाई विकास बोर्डको कम्युनिटी हलको उद्घाटन

मिरिक : दार्जिलिङ जिल्ला अन्तर्गत मिरिकको निरपानी इलाकामा दमाई विकास बोर्डको कम्युनिटी हलको बोर्डका चेयरम्यान गंगासागर पञ्चकोटीले आज विधिवत् रूपमा उद्घाटन गरे। यस अवसरमा दमाई एसोसिएशनका सदस्यहरू उपस्थित थिए। दमाई जनजातिका मानिसहरूको विकासको लागि उक्त बोर्डले दार्जिलिङ तथा कालेबुङ जिल्लाको विभिन्न इलाकामा काम गरिरहेको छ। मिरिकको निरपानी इलाकामा पनि आज दमाई विकास बोर्डको कम्युनिटी हलको  उद्घाटन गरियो भने 9.5 करोड़ रुपियाँको लागतमा उक्त कम्युनिटी हलको निर्माण गरिएको बताइएको छ। बोर्डका चेयरम्यान गंगासागर पञ्चकोटीले बताएअनुसार उक्त इलाकाका मानिसहरूले धेरै समय अघिदेखि कम्युनिटी हालको माग गर्दै आइरहेका थिए। यसैले तिनीहरूको मागलाई ध्यानमा राखेर दमाई विकास बोर्डको तर्फबाट उक्त कम्युनिटी हलको निर्माण गरिएको तिनले बताए। यसको लागि तिनले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद जनाए। दमाई बोर्डले केही अन्य विकास परियोजनाहरूको कार्य चाँडै शुरू गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *