मिरिक ओकाइटीको 2 र धजेटारको 1 जना क्वारेन्टाइन अवधिपछि फर्किए घर

मिरिक : ओकाइटी चियाकमानको बीच गाउँस्थित सार्वजनिक भवनमा 14 दिनको क्वारेन्टाइनमा बसेका दुईजनालाई आज मुक्त गरियो। युगेन तामाङ र कविता तामाङलाई आज क्षेत्रका स्वस्थ्य कर्मी, कमानको स्वस्थ्य केन्द्रका कम्पाउन्डरले स्वस्थ्य जाँच गरेपछि 23 नम्बर समष्टि गोजमुमो अध्यक्ष अमीत याक्खा देवान, युवा मोर्चा मिरिक महकुमा अध्यक्ष योगेश गोले, समष्टि प्रतिनिधि तथा ओकाइटी शाखा नेतृत्वहरूको उपस्थितिमा आज दुवैलाई क्वारेन्टाइन मुक्त गरिएको छ। यसपछि धजेटारको क्वारेन्टाइन सेन्टरमा बसेका एकजना युवकलाई पनि 14 दिनको क्वारेन्टाइन अवधि समाप्त गरेपछि आज क्वारेन्टाइन मुक्त गरियो। यस अवसरमा 22 नम्बर समष्टि अध्यक्ष अमीत याक्खा देवानले तिनलाई बधाई साथै सुस्वास्थ्यको शुभकामना दिए। जीटीए-ले प्रदान गरेको ह्याण्ड सेनिटाइजर, माक्स, राहत सामाग्री, साबुन अनि स्प्रेको माध्यमद्वारा गाउँ तथा क्वारेन्टाइन सेन्टरहरूमा सेनिटाइज गरिने कार्य निरन्तर जारी रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *