मिरिक ओकाइटीमा 48 वर्षीय महिलाको नृशंस हत्या

मिरिकमिरिक ओकाइटी चियाबारीमा एकजना 48 वर्षीय महिलाको हत्या भएको पुलिस सूत्रले जनाएको छ। प्राप्त जानकारी अनुसार मिरिक ओकाइटी चियाकमान पुरानो स्कुल डाँडा वार्ड नम्बर 3-मा गत राति अज्ञात व्यक्तिले तारा छेत्री नाम गरेको एउटी महिलाको हत्या गरेर पलङमुनी फ्याँकिदिएको थियो भने तिनको 9 वर्षीय नातिनीलाई मुखमा लुगा खादेर हात बाँधिदिएको थियो। घटनाको खबर पाएर मिरिक थाना प्रभारी सुदीप कुमार विश्वास अनि पुलिसकर्मीहरू घटनास्थलमा पुगेर महिलाको शव उद्धार गरेपछि पोस्टमर्टनको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। उक्त हत्याकाण्ड के को लागि भयो अनि कसले हत्या गर्‍यो भन्ने विषयमा हालसम्म थाहा लागेको छैन। तथापि, पुलिसले घटनाको जाँच गरिरहेको छ भने चाँडै हत्यारा पक्राउ गर्ने आश्वासन दिएको छ। उक्त घटनापछि इलाकामा आतङ्कको महौलसँगै शोकको लहर छाएको छ। स्थानीय मानिसहरूले बताएअनुसार मृतक 48 वर्षीय महिला आफ्नी नातिनीसित घरमा बस्थिन् भने तिनको लोग्नो बीएसएफमा कार्यरत रहेको छ। यसको साथै छोरा बेङलुरूमा काम गर्छन् भने छोरीहरूको विवाह भइसकेको छ। आज बिहान मृतक महिलाको नातिनीले नजिकैमा रहेको बडाको घरमा गएर घटनाबारे जानकारी गराइन्। गाउँलेहरूले उक्त हत्याकाण्डको निष्पक्ष जाँच गरेर आरोपीलाई चाँडै पक्राउ गरेर कठोर सजाय दिइनुपर्ने प्रशासन समक्ष माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahiscasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomjojobet Built with ❤︎ by appycodes