मिरिक ओकाइटीको 22 परिवार भाजपा छोडेर बिमल गुरूङलाई समर्थन

मिरिक: मिरिकको ओकाइटी चिया बगानको मन्दिर गाउँबाट भाजपा समर्थक 22 घर परिवारले गोजमुमो विमल खेमालाई समर्थन जनायो। ओकाइटीमा हिजो साँझ सम्पन्न भएको पार्टीको एउटा चुनावी साङ्गठनिक सभामा ती 22 परिवारले गोजमुमोको झण्डा ग्रहण गरे। सभामा ओकाइटीको तीन नम्बर वार्ड , मन्दिर गाउँ शाखा अध्यक्ष अर्जुन रिजाल , 23 नम्बर समष्टि सदस्य एवम् ओकाइटी डीटीडीपीएलयु अध्यक्ष अर्पण राई, मनोज राई, महेन्द्र शर्मा, पुजन भारत , बीच गाउँ शाखा अध्यक्ष रवीन राई, नवीन तामाङ, मणि गुरूङ, रवीन तामाङ आदिको उपस्थितिमा भाजपा समर्थक 22 घर परिवारले विमल गुरूङ खेमा गोजमुमोलाई समर्थन जनाएको 23 नम्बर समष्टि संयोजक राजीव राईले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *