मिरिक ओकाइटीको 3 नम्बर वार्डमा चुनावी सभा

मिरिक : मिरिक ओकाइटी चियाकमानको 3 नम्बर वार्डमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा र भारतीय जनता पार्टीको संयुक्त चुनावी सभा सम्पन्न भयो। कुलमान गजमेरको अध्यक्षता तथा मिरिक समष्टि गोरामुमो कन्भेनर जनक खड्काको उपस्थितिमा पार्टीका कार्यकर्ताहरूलाई लिएर चुनावी सभाको आयोजना गरियो। सभापछि पार्टीका कार्यकर्ताहरूले गाउँको घर-घरमा गएर चुनाउ प्रचार पर्दै आफ्नो प्रार्थीको समर्थनमा मतदान गर्ने अपील पनि गरे। उक्त समष्टिले गाउँ-गाउँ घुमेर चुनाउ प्रचार अभियान जारी राखेको गोरामुमो मिरिक समष्टि प्रवक्ता एवम् टाउन प्रमुख विधान राईले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *