मिरिक पोलिटेक्निक कलेज जाने सडक मार्गको सुरक्षा देवाल निर्माण कार्य शुरू

मिरिक : पोलिटेक्निक कलेज जाने सडक मार्गको सुरक्षा देवाल, कल्भर्ट, ड्रेन निर्माण कार्य विधिवत् रूपमा शुरू गरियो। मिरिक अभियान्त्रिकी विभाग, जीटीए (एमइडी) मिरिकको देखरेखमा कार्य शुभारम्भ हुनेछ। आज मिरिक अभियान्त्रिकी विभागका अभियन्ता दीपेन गुरूङ, डुपछेन तामाङ अनि वार्ड नम्बर एक पार्षद श्रीमती पाल्मु तामाङको बाहुलीबाट पुजा अर्चनाको साथमा नरिवल फुटाएर कार्यको शुभारम्भ गरियो। सूर्य कन्स्ट्रकसन कम्पनीले उक्त निर्माण कार्य गर्नेछ।


वार्ड नम्बर एक नीज गाउँ मिरिकमा राज्य सरकारको अनुप्रेरणामा जीटीएले पोलटेक्निक कलेज निर्माण गरेको हो भने यहाँ जाने सडकमार्ग कच्चा रहेको साथै सुरक्षा देवाल अनि ड्रेन नभएकोले समस्या भइरहेको थियो। यसैलाई ध्यानमा राखेर आजदेखि सुरक्षा देवाल अनि ड्रेन व्यवस्थापनको कार्य शुरू गरिएको हो। ड्रेन अनि सुरक्षा देवाल नभएकोले बर्खाको पानीले गर्दा उक्त सडक जीर्ण अवस्थामा पुगेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *