मिरिक पुलिसद्वारा झील परिसरमा सर-सफाई

मिरिक: मिरिक पुलिसले मिरिक झीललाई सफा सुग्घर राख्ने सबैसित अपील गर्दै एउटा सचेतना अभियान चलायो। मिरिक थाना प्रभारी सुदीप कुमार विश्वासको विशेष पहलमा शुरू गरिएको उक्त अभियानमा पुलिस कर्मीहरूले स्थानीय नागरिक, पसले अनि घुम्न आउने पर्यटकहरूलाई मिरिक झीललाई सफा राख्न सबैको भूमिका रहेको बताँउदै फोहोर, मैला जतासुकै नफालेर डस्विनमा फालिदिने अनुरोध गरेको छ। यसको साथै मिरिकको प्रमुख पर्यटनस्थल मानिने झील परिसरमा पुलिसको पहलमा आज सर-सफाई अभियान पनि चलाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *