मिरिक प्रेस क्लबले साप्ताहिक समाचार पत्र प्रकाशित गर्ने

मिरिक: मिरिक प्रेस क्लबको तर्फबाट मिरिकबाट नेपाली साप्ताहिक समाचार पत्र प्रतिबिम्ब फरवरीको प्रथम सातादेखि प्रकाशन गरिने क्लबको अध्यक्ष दीपमिलन प्रधानको अध्यक्षतामा सम्पन्न सभाले निर्णय लिएको छ। यसको साथै यसको लागि एउटा सम्पादन समिति पनि गठन गरेको छ। क्लबका उपाध्यक्ष रोशन राईको सञ्चालनमा सम्पन्न सभाले प्रतिबिम्ब साप्ताहिकलाई भविष्यमा दैनिक समाचार पत्रको रुपमा प्रकाशित गर्ने निधो समेत गरेको छ। पत्रिकाको प्रधान सम्पादकका रुपमा माधव बुढाथोकी, सह-सम्पादक दीपमिलन प्रधान, मनोहर शर्मा अविनाश‘, समाचार सम्पादक रोशन राई आदित्य‘  प्रकाशक मिरिक प्रेस क्लबको पक्षमा नरेश गुरुङ, बिज्ञापन प्रबन्धक सुकान्त दुङमाली, बालकृष्ण शर्मा, व्यवस्थापक एवं कार्यालय प्रमुख यवन गुरुङ, सहयोगीहरू बिशाल लामा, बिकाश प्रधान, अरुण खवास,रोजेश थापा अनलफोटोग्राफर अनुराग राई, शशाङ्क प्रधान, दिब्यदर्शन छेत्री, प्रणु प्रधान र रितेश छेत्री चयन भएका छन् भने प्रमुख संरक्षकका रूपमा दधिराम घिमिरे र बिजय वान्तवालाई छनोट गरिएको छ। आगामी फरवरीमा पत्रकारिता र फोटोग्राफी माथि कार्यशाला गर्ने पनि आजको सभामा निर्णय लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *