मिरिक पुटुङ चियाबारीको खोप्रेलमा पैह्रोले व्यापक क्षति

मिरिक : हिजो रातभरि परेको अविरल वर्षाको कारण मिरिक महकुमा अन्तर्गत पुटुङ चियाबारीको खोप्रेलमा पैह्रोले व्यापक क्षति पुर्‍याएको छ। पुटुङ-खोप्रेल माझको निर्माणधीन सडक मार्गमा ड्रेनको उचित व्यवस्था नभएकोले स्थानीय विवेक रसाईलीको घरमाथिबाट पैह्रो आएर घरलाई क्षति पुर्‍याएको समाचार प्राप्त भएको छ। यसैगरी, खोप्रेल गोदामधुरामा अवस्थित सार्वजनिक भवन छेउको खोल्सामा भारी वर्षाको कारण खोला बढेर सार्वजनिक भवनलाई व्यापक क्षति पुर्‍याएको छ भने पैह्रोले गर्दा डाँडा गाउँ जाने बाटो अवरुद्ध भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *