मिरिक पुटुङ चियाबारीमा एचपीडब्ल्युयु-को सभा

मिरिक : मिरिक महकुमा अन्तर्गत पुटुङ चियाबारीमा आज गोरामुमोको श्रमिक सङ्गठन एचपीडब्ल्युयुको एउटा सभा सम्पन्न भयो। एचपीडब्ल्युयु केन्द्रीय अध्यक्ष डीके गुरुङ, महासचिव एसके लामा, राजु सुब्बा, धिराज राईको आतिथ्य अनि गोरामुमो केन्द्रीय सदस्य सचित गहतराज, केन्द्रीय पर्यवेक्षक थेबा तामाङ, सौरेनी पानीघट्टा समष्टि अध्यक्ष कर्ण प्रधान लगायत नेतृत्ववृन्दको उपस्थितिमा सभा सम्पन्न भयो। एचपीडब्ल्युयु पुटुङ शाखा अध्यक्ष रवीन जिम्बाको अध्यक्षतामा सम्पन्न सभामा कृष्ण तामाङले स्वागत जनाएका थिए।


सभामा युनियनको केन्द्रीय अध्यक्ष डीके गुरुङ, महासचिव एसके लामा, सहसचिव धिराज राई, गोरामुमो केन्द्रीय सदस्य सचित गहतराजमिरिक ब्राञ्च सदस्य अमिताभ गुरुङ र बाबुलाल जिम्बा आदिले सम्बोधन गरे। सभामा चिया श्रमिकहरूको हक अधिकार र विभिन्न सहुलियतमाथि गोरामुमो अनि एचपीडब्ल्युयुले गर्दै आइरहेको सङ्घर्षमाथि वक्ताहरूले प्रकाश पारे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *