मिरिक राङभाङ होम स्टे ओनर्स एसोसिएसन-को नयाँ कमिटी गठन

मिरिक:  मिरिक राङभाङ होम स्टे ओनर्स एसोसिएसन-को वार्षिक साधारण सभा आज मिरिक कृष्णनगर क्लबमा सम्पन्न भयो। एसोसिएसनका अध्यक्ष सुनिल प्रधानको अध्यक्षतामा सम्पन्न सभामा सचिवको प्रतिवेदन सचिव कल्याण राईले प्रस्तुत गरे भने कोषाध्यक्ष मनोज तामाङले प्रतिवेदन प्रस्तुत गरे। सत्येन वरदेवाद्वारा सञ्चालित सभामा एसोसिएसनको पुरानो कमिटी विघटन गरेर नयाँ समिति गठन गरियो, जसमा सुनिल प्रधान पुनः अध्यक्ष, सचिव कल्याण राई सहित प्रकाश छेत्री र उत्तम तितुङ उपाध्यक्ष, बिजय सुब्बा र अन्जिलिना प्रधान  सह सचिव, मनोज तामाङ कोषाध्यक्षबिमल लेप्चा सह-कोषाध्यक्ष चयन गरियो। आजको सभामा एसोसिएसनले मिरिक महकुमाको सबै क्षेत्रलाई समेट्दै 6 वटा जोन गठन  गर्नको साथै जोन प्रतिनिधिहरु चयन गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *