मिरिक राङभाङ भेल्ली होमस्टे सञ्चालक समितिद्वारा अन्तर्राष्ट्रिय पर्यटन दिवस पालन

मिरिक (निसं): मिरिक राङभाङ भेल्ली होमस्टे सञ्चालक समिति अनि दार्जिलिङ स्यालमेन्डर टुरिज्यम वेलफेयर सोसाइटीको आयोजनामा आज मिरिक बस्तीमा रहेको रोयल होमस्टे परिसरमा अन्तर्राष्ट्रिय पर्यटन दिवस पालन गरियो ।मिरिक राङभाङ भेल्ली होमस्टे सञ्चालक समितिका अध्यक्ष सुनिल प्रधानको अध्यक्षतामा अनि प्रवक्ता सत्येन बरदेवाले सञ्चालन गरेको अन्तर्राष्ट्रिय पर्यटन दिवस कार्यक्रममा मुख्य अतिथिका रूपमा जीटीए सभाका मुख्य कार्यपाल अनित थापा उपस्थित थिए। यस अवसरमा जीटीए पर्यटन विभागका सोनाम भूटिया, जीटीए पर्यटन विभागका भारप्राप्त सभासद नोर्देन शेर्पा, सभासदहरू धुर्व बम्जन, मिलेस राई, प्रसेस तिर्की, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमणी आदि उपस्थित थिए। कार्यक्रम शुरू हुन अघि हालै निधन भएका चर्चित लोकप्रिय गायक तथा संगीतकार विनोद स्याङ्देनको निधनमा एक मिनट मौन धारण गरियो। यसपछि कार्यक्रममा मिरिक राङभाङ भेल्ली होमस्टे सञ्चालक समितिका सचिव कल्याण राईले सचिवको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संगठनले हालसम्म पर्यटन विकासमा गरिरहेको विविध कार्यहरूबारे विस्तृत जानकारी गराए।

कार्यक्रममा मिरिकमा पर्यटन विकासको ऐतिहासिक दस्तावेज अश्वनी तामाङले प्रस्तुत गरे भने मिरिकको पर्यटन विकास, साहित्य, कला, संगीत अनि देश रक्षामा महत्वपूर्ण योगदान दिने ब्याक्तिहरूलाई आयोजक समितिको तर्फबाट स्मृति चिन्ह, अङ्ग वस्त्र प्रदान गरेर सम्मान जनाइयो। यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जीटीएका प्रमुख कार्यपाल अनित थापाले विश्व पर्यटन दिवसको सबैलाई शुभकामना दिँदै पहाडमा होमस्टेहरूको सञ्चालनले बेरोजगारहरूलाई रोजगार प्रदान गर्नको साथै पर्यटन विकासमा पनि टेवा पुगेको बताए। तिनले होमस्टे पहाडको ठूलो उद्योग रहेको बताउँदै यसले ब्यापार मात्र होइन, ब्यवहार पनि सिकाउँछ भनि बताए। तिनले अझ भने, अब पहाडमा बन्द हुनु हुँदैन। कुनै पनि समस्याको समाधान टेबलमा नै मिलाउनुपर्छ। पानी र सडकको राम्रो व्यवस्था भयो भने पर्यटन विकास हुनेछ, यसैले हामी घर-घरमा पानी पुर्याउनेछौ साथै सडक पनि निर्माण गर्नेछौ। अर्कोतिर, मिरिक राङभाङ भेल्ली होमस्टे सञ्चालक समितिका अध्यक्ष सुनिल प्रधान, सचिव कल्याण राई अनि प्रवक्ता सत्येन वरदेवाले पर्यटन विकास र रोजगारको अवसरप्राप्त गर्ने होमस्टे एउटा राम्रो माध्यम रहेको बताउँदै पर्यटन विकासको निम्ति नै समितिले प्रत्येक वर्ष विश्व पर्यटन दिवस पालन गर्दै आइरहेको बताए। संगठनले ग्रामीण पर्यटनलाई विकसित गर्न निरन्तर कार्य गरिरहेको जानकारी गराँउदै चिया अनि सुन्तलाबारीको संरक्षणमाथि पनि तिनीहरूले जोड दिए। आजको विश्व पर्यटन दिवस कार्यक्रममा रोचक गीत अनि नृत्यहरू पनि प्रस्तुत गरियो भने जातीय खाद्यहरू प्रदर्शनीमा राखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes