मिरिक रवीन्द्रनाथ स्कुलमा विदाई साथै सम्मान कार्यक्रम

मिरिक : रवीन्द्रनाथ उच्चतर माध्यमिक विद्यालय परिवारले आज एउटा विदाई कार्यक्रमको आयोजना गरेर विद्यालयका सहशिक्षक आरबी छेत्री अनि अशिक्षण कर्मचारी मणि सुन्दासलाई अवकाश ग्रहण गरेकाले सम्मानसहित विदाई दिए। विदाई सम्मान पत्र, अङ्ग वस्त्र तथा स्मृति चिन्ह प्रदान गर्दै विद्यालय परिवारले अवकाश जीवन सुखमय रहोस् भन्दै द्वयलाई शुभकामना पनि दिए। अवकाश प्रापक सहशिक्षक आरबी छेत्रीले विद्यालयमा 36 वर्ष शिक्षा सेवा प्रदान गरेर अवकाश ग्रहण गरेका छन् भने अशिक्षण कर्मचारी मणि सुन्दासले 40 वर्ष विद्यालयमा सेवा पुर्‍याएर अवकाश ग्रहण गरेका हुन्। यस अवसरमा विद्यालयका अब्बल विद्यार्थीहरूलाई पनि शैक्षिक सम्मानले पुरस्कृत गरियो। विद्यालयका प्रधान अध्यापक ज्ञाल्बो लामा अनि विद्यालय सञ्चालन समिति पदाधिकारीहरूको विशेष उपस्थितिमा सम्पन्न विदाई एवम् सम्मान कार्यक्रमको सञ्चालन शिक्षक विनोद खातीले गरेका थिए।


कार्यक्रममा विद्यार्थीहरूले साङ्गीतिक अनि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रममा उच्च माध्यमिक परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गरेर उतीर्ण गरेकी मेधावी विद्यार्थी सलोनी प्रधानलाई रवीन्द्र विद्या रत्न पुरस्कार 2020-द्वारा सम्मान जनाउँदै साहित्यकार बाबुलाल स्मृति छात्रवृत्ति पुरस्कार पनि प्रदान गरियो। यसरी नै विद्यार्थीद्वय अनुराग लेप्चा र दीक्षा तामाङलाई पूर्व प्रधानअध्यापक सीबी राईद्वारा स्थापित चन्द्र शान्ति छात्रवृत्ति प्रदान गरियो। यसैगरी, बंशीधर प्रसाद छात्रवृत्ति सलोनी प्रधान अनि दीक्षा तामाङलाई प्रदान गरियो भने गङ्गा धन छात्रवृत्ति पुरस्कार पनि प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *