मिरिक रविन्द्रनाथ स्कुलमा ई क्लासको उद्घाटन साथै क्यालेण्डर लोकार्पण

मिरिक: सौरेनी रविन्द्रनाथ उच्च माध्यमिक विद्यालयमा आजदेखि स्मार्ट क्लास (ई-क्लास) को उद्घाटन विद्यालयका प्रधान अध्यापक ग्यालबो लामा अनि एसआई नुवाङ भुटियाले संयुक्त रूपमा रिबन काटेर गरे। यसभन्दा अघि स्कुलको नयाँ वर्षको क्यालेण्डर पनि लोकार्पण गरियो। प्रधान अध्यापक ग्यालबो लामाको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य अतिथि एआई नवाङ भुटिया उपस्थित थिए। यस अवसरमा विद्यार्थीहरूको सुन्दर भविष्य निर्माणको लागि एघारौ र बाह्रौ क्षेणीका विध्यार्थी अनि अभिभावकहरूलाई लिएर क्यारियर काउन्सिलिङ कार्यक्रमको पनि आयोजना गरियो। कार्यक्रममा विद्यालयका सह शिक्षक विवेक नेवारले विद्यालयको साइन्स फ्यान क्लब गठन भएपछि आज विद्यालयको क्यालेण्डर लोकार्पण गरेको जानकारी गराउँदै उक्त क्यालेण्डरले पर्यवारण संरक्षणमाथि जोड दिएको कुरा बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *