मिरिक स्कुलबाट चोरी भएको कम्प्युटर-प्रिन्टरहरू उद्धार

मिरिक : गत केही दिनअघि मिरिक हायर सेकेन्डरी स्कुलबाट चोरी भएको कम्प्युटर तथा प्रिन्टरहरू मिरिक पुलिसले उद्धार गरेको छ। गत 17 फरवरीको राति मिरिक हायर सेकेन्डरी स्कुलबाट विभिन्न सर-समानहरूसहित कम्प्युटर तथा प्रिन्टरहरू चोरी भएको बारे थानामा अभियोग दर्ता गरेपछि यसलाई लिएर पुलिसले छानबीन गर्दै ती समानहरू चोरी गरेको घटना संलग्न दुईजना व्यक्ति क्रमैले सुरज गिरी र राहुल सार्कीको रूपमा चिन्हित गरेको छ। ती दुईजना व्यक्तिलाई हालसम्म पुलिसले पक्राउ गर्न नसके तापनि स्कुलबाट चोरी भएको समानहरू कम्प्युटर तथा प्रिन्टरहरू पुलिसले उद्धार गरेको छ।    


Leave a Reply

Your email address will not be published. Required fields are marked *