मिरिक स्कुलमा ईभीएम र मतदानको महत्वबारे विद्यार्थीहरूलाई जानकारी

मिरिक: मिरिक उच्चतर माध्यमिक विद्यालयमा आज इलेक्ट्रोनिक भोटिङ मशिन अनि मतदानको महत्व र विशेषतामाथि विद्यार्थीहरूलाई लिएर चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भयो । मिरिक महकुमा कार्यालयका डीएमडीसी मृदुल श्रीमनीको नेतृत्वमा सम्पन्न चेतना अभिवृद्धि कार्यक्रममा मिरिक महकुमा अन्तर्गत विभिन्न विद्यालयका सिनियर श्रेणीका विद्यार्थीहरू लगायत शिक्षक-शिक्षिकाहरूले अंश ग्रहण गरे । कार्यक्रममा तिनीहरूलाई डीएमडीसी मृदुल श्रीमनी लगायत सम्बन्धित चुनाव आयोग कर्मचारीहरूले चेतना अभिवृद्धि गरे। सिस्टेमेटिक भोटर्स इलेक्ट्रोरल एण्ड एडुकेसन पार्टिसिपेटिङ प्रोग्राम (एसभीइइपीपी) अन्तर्गत सम्पन्न कार्यक्रममा डीएमडीसी लगायत सर्कल इन्सपेक्टर (स्कूल्स) मनोरञ्जन गुप्ताको पनि उपस्थिति रहेको थियो । यस अवधि विद्यार्थीहरूमाझ मतदानको विशेषतामाथि बस् अनि चित्र बनाऊ प्रतियोगिता पनि सम्पन्न गरियो भने मतदानमाथि विद्यार्थीहरूले चेतनामय नाटक पनि प्रस्तुत गरे। यस अवसरमा डीएमडीसी मृदुल श्रीमनीले भने, चुनाउ गणतन्त्रको सुन्दरता तथा सौन्दर्य हो । यसैले विद्यार्थीहरूमा मताधिकार र तिनीहरूको उत्तरदायित्वलाई बुझाउन साथै शिक्षित बनाउन कार्यक्रमको आयोजन गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *