मिरिक सियोकको अग्निपीडित परिवारसित भेटे बिमल गुरूङले

मिरिक : गोजमुमो अध्यक्ष बिमल गुरूङ अग्निपीडित परिवारलाई भेट गर्न आज मिरिकको सियोक पुगे। अध्यक्ष बिमल गुरुङले पीडित परिवारसित भेट गरेर कुराकानी गर्नको साथै केही आर्थिक सहयोग पनि प्रदान गरे।


यसको साथै तिनले नयाँ घर बनाउनको निम्ति आफ्नो पक्षबाट आवश्यक सर समानहरू प्रदान गर्ने पीडित परिवारलाई वचन दिएका छन्। स्मरण रहोस्, मिरिकको सियोक निवासी सुमन प्रधान अनि विद्या प्रधानको घरमा गत 18 मईको राति‌ आगो लाग्दा घर लगायत घरको सर-समान जलेर भष्म भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *