मिरिक सौरेनीको भल-पैह्रो क्षेत्रको गोजमुमो अध्यक्षले सुनील प्रधानले गरे निरीक्षण

मिरिक : हिजो राति परेको हावापानी लगायत बितेको दिनको अविरल वर्षाको कारण मिरिक महकुमाको विभिन्न गाउँ बस्ती भल पहिरोको कारण बाटो-घाटो क्षतिग्रस्त बनाएको छ। प्राकृतिक आपदासँग जुझिरहेका सौरेनी समष्टि अन्तर्गत नोल छोटा टिङलिङ जाने बाटो अनि पहिरो प्रभावित घरहरूको आज समष्टिका गोजमुमो अध्यक्ष सुनिल प्रधानले स्थलगत निरीक्षण गरे। मिरिक इन्जिनियरिङ विभागका एक्जिक्युटिभ दिपेन गुरुङको एउटा निरीक्षण टोलिसित क्षेत्रको भ्रमण गर्दै तिनले प्राकृतिक क्षयक्षति बारे विशेष जानकारी लिए।


 

नोल डाँडा अनि छोटा टिङलिङ जाने मुख्य सडक मार्गको निरीक्षण गरेपछि तिनले जीटीएको पक्षबाट समस्याको समाधान गरिने जानकारी दिए। समष्टि अध्यक्ष प्रधानले सौरेनी समष्टिको विभिन्न स्थानहरूको स्थलगत भ्रमण गरी क्षयक्षतिबारे जानकारी लिइसकेको तथा विस्तृत रिपोर्ट जीटीए कार्यपाल लगायत सम्बन्धित विभागमा बुझाउने थप जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *