मिरिक स्पोर्ट्स एसोसिएसनद्वारा विभिन्न पक्षलाई आभार प्रकट

मिरिक : मिरिक स्पोर्ट्स एसोसिएसनले सफलताको साथमा मिरिक समेन्दु गोल्डकप सम्पन्न गर्न सहयोग पुर्याउने विभिन्न पक्षलाई आज आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्यो। एशोसिएसनका सचिव केसाङ्ग लामाले जीटीए, मिरिक नगरपालिका, एसडीओ, पुलिस प्रशासन, मीडिया हाउसहरू, निर्णायक जुरी, सहभागी फुटबल क्लबहरू, विभिन्न सङ्घ संस्थाहरूप्रति कृतज्ञता प्रकट गरे। यस अवसरमा सञ्चारकर्मी रोशन राई, यवन गुरूङ, दिव्यदर्शन छेत्री, अनुराग राई लगायत साधना कला केन्द्रका निर्देशक दीपेन बस्नेत, नृत्य कला केन्द्रकी निर्देशक श्रीमती मेडिका राई, संयुक्त मञ्च मरमा तथा जुरीहरू नरेन थापा, गिडन राई, अनुप राईको समूह, बीट बक्स प्रस्तोता बालकलाकार अस्मिक खवास आदिलाई टोकन अफ एप्रिसिएसन-ले सम्मानित गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *