मिरिक सुमेन्दु गोल्डकप-को क्रीडा सूची जारी

मिरिक : मिरिक स्पोर्टस् एसोसिएसन (एमएसए)-ले जीटीएको सहयोगमा आउँदो 2 अप्रेलदेखि मिरिक सुमेन्दु गोल्डकप नगद राशि फुटबल प्रतियोगिता शुरू गर्ने भएको छ। जीटीए लाइजिङ अफिसर अरूण सिग्चीले सौरेनी बजारमा आयोजित एउटा कार्यक्रममा टुर्नामेन्टको आधिकारिक क्रीडा सूची जारी गरे। उक्त क्रीडा सूचीअनुसार उक्त प्रतियोगितामा मोठ 12 वटा टोलीहरूले अंश ग्रहण गरेको छ। आगामी 2 अप्रेलदेखि शुरू हुने उक्त फुटबल प्रतियोगिताको फाइनल खेल 26 अप्रेलको दिन हुने भएको छ। उक्त प्रतियोगितामा विजयी हुने टोलीलाई आकर्षक ट्रफीको साथमा डेढ लाख नगद राशि अनि उपविजेता टोलीलाई ट्रफीको साथमा 1 लाख रुपियाँ नगद पुरस्कार दिइने घोषणा गरेको छ। मिरिकको आहाले मैदानमा सम्पन्न हुने उक्त सुमेन्दु गोल्डकप प्रतियोगिताको फाइनल खेलमा कलाकार विपुल छेत्रीले साङ्गीतिक कोसेली प्रस्तुत गर्ने आयोजक समितिले जनाएको छ। क्रीडा सूची जारी कार्यक्रम अवधि फुटबल आयोजक कमिटी (एमएसए)-का सचिव केशाङ लामा, कोषाध्यक्ष ऋषि योञ्जन, सह-सचिव सुमत गुरूङ, संयोजक कुशल राई लगायत खरसाङ गोर्खा पार्वतीय संघका सचिव निर्मल गुरूङ प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *