मिरिक ट्याक्सी ड्राइभर एसोसिएशनद्वारा विश्वकर्मा पुजा  

मिरिक : पहाडको विभिन्न ठाउँहरूमा पनि आज साधारण रूपमा सामाजिक दूरत्वलाई ध्यानमा राखेर विश्वकर्मा पुजा पालन भइरहेको छ। यसैगरी, यता मिरिकको विभिन्न ठाउँहरूमा पनि सामान्य रूपले आज विश्वकर्मा पुजाको आयोजना गरियो। यहाँको मिरिक ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएशनले पनि गत वर्षहरूमा झैँ वृहत रूपमा नभए तापनि सामान्य रूपमा कृष्णनगर स्वास्थ्य केन्द्र नजिक ट्याक्सी स्ट्याण्डमा वर्तमान परिस्थितिलाई ध्यानमा राखेर विश्वकर्मा पुजा गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *