मिरिक थर्बुमा 10 फिट लामो किङ कोबरा उद्धार

मिरिक :थर्बु चियाकमानको लोअर डिभिजन बहादुर गाउँमा आज बिहान  एउटा घरभित्र किङ कोबरा फेला पर्यो। बहादुर गाउँ निवासी भूतपूर्व सैनिक जयराम राईको सुत्ने पलङमुनि उक्त लगभग 10 फिट लामो किङ कोबरा फेला परेको छ। जयराम राईले आज बिहान उक्त किङ कोबरा देखे तापनि कतिबेला अनि कसरी घरभित्र पस्यो भन्ने कुरो घरका कसैलाई थाहा नभएको बताइएको छ। कोबरा घरभित्र देखेपछि यसबारे मिरिक वन विभागलाई सूचना दिइयो। उक्त सूचना पाएर सुकना वन विभागको वाइल्ड लाइफ स्क्वाडका कर्मचारीहरूले मिरिक बहादुर गाउँको जयराम राईको घरमा पुगेर उक्त किङ कोबरा उद्धार गरे। वन विभगा कर्मचारीहरूले बताएअनुसार उक्त कोबरालाई कहीँ सुरक्षित वनमा लगेर छोडिदिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *