मिरिक टिङलिङ चियाकमानमा भाजपा-को सभा सम्पन्न

मिरिक :  सौरेनी समष्टि अन्तर्गत टिङलिङ चियाकमानको लिम्बुधुरा गाउँमा भारतीय जनता पार्टीको दुईवटा बुथ कमिटिका प्रतिनिधिहरूलाई लिएर विकास रिजालको अध्यक्षतमा आज एउटा सभा सम्पन्न भयो। सभामा भाजपाको ट्रेड युनियन गठनमाथि व्यापक चर्चा-परिचर्चा गर्दै सभाले भाजपा ट्रेड युनियन गठन गर्यो। सभामा मनोरञ्जन थापा अध्यक्ष, उपाध्यक्ष डी खत्री, सवनम थापा र गणित शर्मा, मूल सचिव उर्गेन थापा, सह-सचिव दीपक शर्मा, तारा थापा र काशीनाथ शर्मालाई चयन गरिएको छ। भाजपा मिरिक मण्डल समिति महासचिव दीपेश राणाले अब मिरिकको प्रत्येक चियाकमानमा श्रमिक सङ्गठन गठन गरिने बताए। ओबीसी जिल्ला अध्यक्ष विकास शर्मामण्डल अध्यक्ष गौतम राई, मण्डल महासचिव प्रवीण राई आदिको उपस्थितिमा सभा सम्पन्न भएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *