मिरिक टिङलिङमा मगर विकास बोर्डद्वारा सम्वर्द्धना कार्यक्रमको आयोजना

मिरिक : नव मगर एशोसिएसन टिङलिङ ब्लक कमिटीले आज टिङलिङ डाँडा गाउँ सार्वजनिक भवनमा पश्चिम बङ्गाल मगर विकास एवम् सांस्कृतिक बोर्डका चेयरम्यान नवीन थापाको मुख्य आतिथ्यमा सम्वर्द्धना कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा विकास बोर्ड अध्यक्ष नवीन थापालाई मगर जातिको उन्नति, मगर जातिलाई जागरूकता गराउँदै ऐक्यवद्ध गराउन सक्रिय भूमिका निर्वाह गरेकोमा सम्मान पत्र प्रदान गरेर सम्मानित गरियो।


यसैगरी, क्रिकेट, फुटबल अनि स्पोर्ट्स क्षेत्रमा मगर जातिको नाम उच्च बनाउने क्रिकेटर दीपेस थापा र फिरोज थापालाई पनि सम्मान जनाइयो। क्यारम प्रतिस्पर्धामा राज्य अनि राष्ट्रिय स्तरमा नाम राख्न सफल बनेकी खेलाडी सुश्री फरिस्ता थापा, आइसीएसई परीक्षामा मिरिक टपर बनेकी अर्पिता थापा, पूर्व फुटबलर गम्भीर थापा आदिलाई पनि सम्मान पत्र प्रदान गरेर सम्मानित गरियो। कार्यक्रममा बोर्ड चेयरम्यान नवीन थापाले उपस्थित मगर समुदायलाई एकता बनाई राख्ने अपील गर्दै बोर्डले गरेको विविध कार्यमाथि प्रकाश पारे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *